जिसस सुर्खेतको प्रमुखमा एमालेका गंगाराम सुनार निर्वाचित

सुर्खेत । जिल्ला समन्वय समिति सुर्खेतको प्रमुखमा गंगाराम सुनार निर्वाचित भएका छन् ।

शुक्रबार भएको निर्वाचनमा एमाले÷माओवादी गठबन्धनबाट एमालेका सुनार निर्वाचित भएका हुन् ।
सुनाले १० मत प्राप्त गरेका छन् भने कांग्रेसबाट उम्मेदवार दिलिपकुमार वाग्लेले ८ मत पाएका छन् ।

यस्तै, उपप्रमुखमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका सचिनकुमार बडुवाल निर्वाचित भएका छन ।
सदस्यहरूमा एमालेका डिल्लीप्रसाद पाण्डे, पृथ्वीबहादुर बुढाक्षेत्री, चन्द्राकुमारी धामी, मिना मल्ल, सावित्रा टोमटो निर्वाचित भएका छन्
यस्तै, माओवादीबाट शान्ति ताराम र तुलराम नेपाली निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *