राजनैतिक चरित्रहत्या गरिएको भन्दै इन्चार्ज रानाद्रारा खण्डन : अपवाह फैलाउने विरुद्ध कानुनी उपचार खोजिने

कैलाली ! परिचालित समुहबाट आफ्नो चरित्रहत्या गरिएको भन्दै एमाले पोलिटव्युरो सदस्य एवं कैलाली इन्चार्ज नारदमुनी रानाले आज उक्त समाचारको खण्डन सहित प्रेस बिज्ञप्ति निकाल्नु भएको छ।

केही दिन अघिमात्र दृस्टी न्युज नामक अनलाईन पोर्टलले `एमाले जिल्ला इन्चार्ज नै मुख्य अन्तरघाती´ भन्ने शिर्षकमा तथ्यहिन समाचार सम्प्रेषण गरेको थियो। उक्त समाचार एमाले कैलाली जिल्ला सदस्यद्रारा बताइएको भन्दै नाम र स्रोत नखुलाइ सम्प्रेषण गराइएको थियो।

इन्चार्ज रानाले आफू विरुद्ध केही अपराधिक मानसिकता भएकाहरुले अनावश्यक अपवाह फैलाएको स्पष्ट पार्नु भएको छ। उहाँले थप्नुभयो-`हामी दिनरात नभनी आफ्नो पार्टिको उम्मेदवारको पक्षमा माहोल बनाउन हिडेको दुनियाँले देखेकै छ,सबैले मेहनत गरेकै हो तर परिणाम सोचेजस्तो भएन नै। धनगढीमा अरु राजनैतिक दलका उम्मेदवारलाई पनि सोही अनुरुप प्रमुखमा हार बेहोरेको छन् ,यो हाम्रो लागी अप्रत्याशित नतिजा नै हो र यसको छानवीन अनि लेखाजोखा पार्टीले गर्ने नै छ तर जो व्यक्ति रातदिन नसुती वा चर्को घाम नभनी अभियानमा कमाण्डर बनेर हिडेको छ,उसैप्रति पुर्वाग्रह राखेर नियोजित अपवाहपुर्ण समाचार लेखाइनु वा लेखिनु खेदजनक छ।´

इन्चार्ज रानाले पार्टी भित्रकै केही जिम्मेवार नेता कार्यकर्ताहरुले पनि यस्ता भ्रमपुर्ण समाचार सेयर गरेकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ। उहाँले कुन पात्रबाट यस्तो भ्रम छरियो यसको खोजी हुँदै गरेको बताउनु भयो। उहाँले अपवाहपुर्ण समाचार लेखाउनेप्रति र उक्त अनलाइनप्रति आफुले कानुनी उपचार खोज्ने जनाउनु भयो।

इन्चार्ज रानाले आज लेख्नुभएको प्रेस बिज्ञप्ति यस्तो छ।

प्रेस विज्ञप्ति…..
मिति २०७९ जेष्ठ १७ गते मंगलवार १२:४२ बजे नक्साल, काठमाडौँ अवस्थित दृष्टि NEWS(दृष्टि मिडिया प्रा.लि.) को अनलाइन मार्फत ‘एमाले जिल्ला इन्चार्ज नै मुख्य अन्तर्घाती’ भन्ने शीर्षकको समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको छ। ने.क.पा(एमाले) पोलिट व्युरो सदस्य ,कैलाली जिल्ला इन्चार्ज, पुर्वमन्त्री, प्रतिनिधी सभा सदस्य माननीय नारद मुनी राना माथी तथ्यहिन, झुटो, कपोकल्पित, मनगढन्त, पुर्वाग्रही तरिकाले लगाइको यस्तो आरोपको खण्डन गर्दे, स्वार्थनिहित, कुदृष्टि र दुसित मानसिकताले सम्प्रेसित यो समाचार प्रति गम्भिर आपत्ती, भर्तसना, खेद प्रकट गर्दछौ। एक जना जिल्ला कमिटी सदस्यको हवाला दिदै सम्प्रेसित यस समाचारको प्रमाण सहित प्रस्तुत हुन चुनौती समेत दिन चाहन्छौ। माननीयज्युको राजनितिक चरित्र हत्या गर्ने, बदनाम गर्ने कुचेष्ठाका साथ ‘ध.उ.म.न.पा मेयरका उम्मेदवार रण बहादुर चन्द हराउन स्वतन्त्र उम्मेदवार सँग सम्झौता गरेको र गोदावरी न.पा. को एमालेका मेयरका उम्मेदवार गोकर्ण भट्टलाइ अन्तर्घात बाट हराउन कार्यकर्ता परिचालन गरेको’ भनी सम्प्रेसित यस समाचारमा कुनै सत्यता नरहेको जानकारी गराउदछौ। आफ्नो उम्मेदवार जिताउन रातदिन नभनी खटेको आम कार्यकर्ता, जनतालाई जगजाहेर नै छ। यो समाचार प्रोपागाण्डा र पितपत्रकारिताको नमुनाको रुपमा बुझ्न अनुरोध छ। कसैको विषयमा समाचार बनाउँदा अझ आरोप लगाउँदा सामान्य पत्रकारिताको आचार संहिता समेत पालना गरेको देखिदैन। जबकी जस्को बारेमा समाचार लेख्न्नु पर्ने हो सम्बन्धित व्यक्तीलाइ एक पटक सोध्नु पर्छ कि पर्दैन? यस्ता विषय घोर आपत्तीजनक, निन्दनिय, आश्चर्यजनक र हास्यास्पद छन्। समाचार बिकाउन जे पनि लेख्न मिल्छ ? कलम हाथमा छ भन्दैमा कसैको चरित्र हत्या गर्न पाइन्छ ? यो समाचार बनाउदा कहि कतै आर्थिक चलखेल भएको त छैन , यस्तो तथ्यहिन समाचार सम्प्रेषण गर्नु गराउनु पछाडी को को छ, के स्वार्थ लुकेको छ ? कुनै व्यक्तिगत कुण्ठा साधिएको त छैन ? सत्य लुक्दैन, यथार्थ एकदिन पर्दाफास हुने नै छ।

यसर्थ माननीयज्यूको हाथ बाट अन्तर्घात जस्तो घृणित कार्य कहिले पनि हुन नसक्ने कुराको विश्वास दिलाउदै यस्ता प्रोपागाण्डायुक्त र कपोकल्पित समाचारको भ्रममा नपर्न सम्पुर्ण न्यायप्रेमी जनसमुदाय, नेता, आम कार्यकर्ता लगायत शुभचिन्तकहरुमा हार्दिक अनुरोघ गर्दछौ।                                                                                 

Leave a Reply

Your email address will not be published. Required fields are marked *