कम्लरीको बजेट कटौती गरेको भन्दै एमाले नेतृ शान्ता चौधरीको विरोध

काठमाडौ ! नेकपा (एमाले) की सचेतक शान्ता चौधरीले सरकारले कम्लरीहरूको बजेट कटौती गरेको भन्दै विरोध जनाएकी छन्।

पूर्व कम्लरी समेत रहेकी चौधरी संसद्‌मा बजेटमाथि भएको छलफलमा बोल्दै जमीनदारको घरबाट मुक्त भई अक्षर चिनिरहेका कम्लरी बहिनीहरूको शिक्षालाई वञ्चित गर्ने उद्देश्यले सरकारले बजेट कटौती गरेको आरोप लगाइन्।

विगतका सरकारले हरेक वर्ष कम्लरीहरूका लागि निःशुल्क शिक्षा सहित विशेष कार्यक्रम प्रदान गर्दै आए पनि अहिले अर्थमन्त्री जनार्दन शर्माले सुनियोजित किसिमले कम्लरीहरूको बजेट कटौती गरेको दाबी गरिन्। “हिजोसम्म सर्वहारा, श्रमजीवी वर्गका लागि हतियार उठाएर जनयुद्धमा होमिएका पार्टीको अर्थमन्त्रीले आज त्यही सुमदायले पाइरहेको बजेट कटौती गरेको देख्दा आफूहरूलाई अपमान भएको महसूस भको छ,” चौधरीले भनिन्, “योभन्दा दुःखद् कुरा के हुन सक्छ!”

Leave a Reply

Your email address will not be published. Required fields are marked *