नेकपा एमाले सरकार परिवर्तनको चक्करमा छैन : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले सरकार परिवर्तनको खेलमा नरहेको स्पष्ट पार्नु भएको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव नेपालले आफूलाई प्रधानमन्त्रीको कार्ड फालिएको भन्दै अभिव्यक्ति दिइरहँदा महासचिव पोखरेलले आफूहरु सरकार परिवर्तनको पक्षमा नरहेको स्पष्ट पार्नु भएको छ ।

उहाँले आफ्नो सामाजिक संजाल फेशबुकमा लेख्नु भएको छ, ‘यतिबेला एमाले सरकार परिवर्तनको खेलमा छैन।’
उहाँले एमाले विकास र समृद्धिका लागि वलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुटदै गरेको पनि स्पष्ट पार्नु भएको छ ।
‘एमाले विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुटदैछ,’ उहाँले आफ्नो स्टाटसमा लेख्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *