सातौं संविधान दिवसमा नेकपा एमालेको विशेष कार्यक्रम हुने

काठमाडौं ! नेकपा एमालेको केन्द्रिय कमिटिले सातौं संविधान दिवसको उपलक्ष्यमा यहि असोज ३ गते आइतबार,११:०० बजे विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ ।

केन्द्रिय कमिटिद्रारा आज उक्त कार्यक्रमको विशेष पोस्टर सार्वजनिक गरिएको छ। उक्त कार्यक्रम तुलसीलाल स्मृती भवन च्यासल ललितपुरमा राखिएको छ।
उक्त कार्यक्रममा प्रमुख अतिथी एवम् प्रमुख वक्तामा पार्टिका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ,साथै वक्तामा पार्टी स्थायी कमिटी सदस्य एवम् संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ रहनुभएको छ ।

उक्त कार्यक्रममा पार्टिका उपाध्यक्षहरु,महासचिव लगायत पदाधिकारी एवम् नेता कार्यकर्ताको उपस्थिती रहने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *