एमाले संसदीय दलको बैठक बानेश्वरमा जारी

काठमाडौं ! प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक बसिरहेको छ। अहिले दिउँसो ३ बजेबाट बानेश्वरको संसद भवन स्थित ल्होत्से हलमा बैठक बसिरहेको छ।

सरकारले संसद्‌मा नीति तथा कार्यक्रम पेस गरिसकेपछि एमालेले संसदीय दलको बैठक बोलाएको हो। मंगलबार संघीय संसद्‌को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।

सरकारको नीति तथा कार्यक्रममाथि बिहीबारदेखि संसद्‌मा छलफल हुँदैछ। यसैको तयारी स्वरुप एमालेको बैठक केन्द्रित हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *