चुनाव घोषणा गरे हुन्छ,एमाले सामना गर्न तयार छ : शंकर पोखरेल

काठमाडौं : पूर्व मुख्यमन्त्री एवम् एमाले नेता शंकर पोखरेलले गठबन्धनले संसद र सरकारको हुर्मत दुई महिनामै लिइसकेको टिप्पणी गरेका छन्। बिहीबार ट्वीटरमार्फत उनले गठबन्धन बनाएर एमाले सिध्याउछौँ भन्नेहरुले चुनाव घोषणा गरे हुने धारणा राखेका छन्।

उनले एमाले त्यसलाई सामना गर्न तयार छ। ‘गठबन्धन बनाएर एमाले सिध्याउछौँ भन्नेहरुले चुनाव घोषणा गरे हुन्छ एमाले त्यसलाई सामना गर्न तयार छ।’ उनले भनेका छन्,‘संसद र सरकारको हुर्मत त दुई महिनामै लिसक्यो गठबन्धन सरकारले।’

संसदको विघटन चुनावका भएको बताउँदै पोखरेलले संसदीय लोकतन्त्रको अन्त्यका लागि नभएको स्पष्ट पारेका छन्। उनले लेखेका छन्,‘संसद विघटन गर्नेहरु संसदमा जानु हुँदैन भन्नेहरु पनि छन्। तर संसदको विघटन चुनावका लागि थियो, संसदीय लोकतन्त्रको अन्त्यका लागि होइन।’

उनले परमादेशी गठबन्धन सरकार सत्तास्वार्थमा लिप्त भएकाले मुलुकमा ‘बजेट होलिडे’को संकट निम्तिएको होस गर्न नसकेको भन्दै व्यङ्य गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *