गठबन्धनलाई हराउँदै घोराही उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख सहित एमालेको `क्लिन स्विप´

दाङ ! दाङको घोराही उपमहानगरपालिकाको नगरप्रमुखमा दोस्रो कार्यकालका लागि गठबन्धनलाई हराउँदै एमालेका नरुलाल चौधरी विजयी हुनुभएको छ। चौधरीले गठबन्धनबाट माओवादी केन्द्रका नगरप्रमुखका उम्मेदवार हेमराज शर्मा (डायमण्ड)लाई ५३६० मतले हराउँदै विजयी हुनुभएको हो ।

चौधरीले ३१७२८ मत प्राप्त गर्दा शर्माले २६३६८ मत प्राप्त गर्नुभयो । चौधरी ०४७ को निर्वातरचनमा पनि काँग्रेका भुप बहादुर डाँगी (हालका उपमेयरका उम्मेदवार)लाई हाउँदै विजय हुनुभएको थियो ।

मतगणनाको सुरुको चरणमा मतगणना गर्दा शर्माले चौधरीलाई भारी मतान्तरले पछाडि पार्नुभएको थियो । वडा नं १९ र १८ को मत गणना गर्दा शर्माको अग्रता थियो । तर पछि वडा नं १४ र १ को मत गणना गर्दा शर्मालाई पछि पार्दै आफ्नो अग्रतालाई बढाउँदै लग्नुभएको थियो ।

यस्तै नगरउपप्रमुखमा पनि एमाले कै हुमा डिसी विजयी हुनुभएको छ। डिसीले गठबन्धनबाट काँग्रेसका नगरउपप्रमुखका उम्मेदवार भुपबहादुर डाँगीलाई ४९ मतले पछि पार्दै विजयी हुनुभयो। डिसीले ३०४०३ मत प्राप्त गर्दा डाँगीले ३०३५४ मत प्राप्त गर्नुभयो ।

डिसी र डाँगीबीच निकै रोचक प्रतिस्पर्धा रह्यो । मगतगणनाको सुरुवाति चरणमा डाँगीले भारी मतले डिसीलाई पछि पार्नुभएको थियो । तर वडा नं १, १४ मा मतगणना गरेपछि भने डाँगी पछाडि पर्नुभयो । डाँगी पछाडि परेपनि भारी मतको अन्तर भने भएन ।

अन्तिम मत परिणाम सार्वजनिक हुँदासम्म पनि डिसी र डाँगीबीच कडा प्रतिस्पर्धा रह्यो । १ हजरको मत अन्तरभन्दा बढी देखिएन ।

यसैगरी घोराहीका मेयर उपमेयरसँगै एमालेले १३ वटा वडामा जित निकालेको छ । समग्र रूपमा जिल्लामा कमजोर देखिएको एमालेले घोराहीमा भने बहुमतसहित आफ्नो बर्चस्व जमाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *