एमालेले कैलालीको बर्दगोरियामा रच्यो इतिहास : अध्यक्षमा कर्ण कुँवर शानदार मतले विजयी

कैलाली ! कैलालीको बर्दगोरिया गाउँपालिका अध्यक्षमा एमालेका कर्ण कुँवर र उपाध्यक्षमा गणेशराज गिरी निर्वाचित भएका छन् ।
कुँवरले गठबन्धनबाट नेपाली कांग्रेसका शेरबहादुर कठरियालाई १६५६ मतले पराजित गरेका हुन् ।
कुँवरले ५८४२ मत पाउँदा कठरियाले ४१८६ मात्रै पाएका छन् ।
त्यस्तै, उपाध्यक्षमा गठबन्धनबाट माओवादीका गणेशराज गिरि ४५६९ मतसहित विजयी हुँदा एमाले उम्मेदवार इन्दु कठरियाले ४२५५ मत पाइन् ।

एमालेले कैलालीमा यो दोस्रो जित निकालेको हो। हिजो चुरे गाउँपालिकामा पनि गठबन्धनलाई हराउँदै एमाले उम्मेदवार विजयी भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *