आफ्ना उम्मेदवारमाथि आक्रमणमा संलग्न कांग्रेस कार्यकर्तालाई कार्बाही गर्न सुदूरपश्चिम एमालेको माग

धनगढी ! नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले कैलालीको गोदावरीमा एमाले उम्मेदवारको घरमै छिरेर आक्रमण गरिएको घटनाप्रति भर्त्सना व्यक्त गरेको छ। एमाले प्रदेश सचिव धर्मराज पाठकले एक विज्ञप्ती जारी गर्दै घटनाको भर्त्सनासहित कार्बाहीको माग गर्नुभएको छ।

विज्ञप्तीमा भनिएको छ, ‘कैलालीमा स्थानीय तह निर्वाचन २०७९ को मौन अवधिमा एमालेका उम्मेदवारमाथि भएको आक्रमणप्रति पार्टीको ध्यानाकर्षण भएको छ। बुधबार राति गोदावरी वडा नं ६ का अध्यक्षका उम्मदेवार जग्गुराम चौधरीको परिवारमाथि नेपाली कांग्रेसको समूहले गरेको आक्रमण कानूनी मर्यादाविपरित छ।’ यस्तै एमालेले मदिरा सेवन गरेर हातहतियारसहित आक्रमण गर्ने कांग्रेसको उक्त समूहलाई तत्काल कार्बाही गर्न प्रहरी प्रशासनसँग माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *