एमाले धनगढीका उम्मेदवारहरुको अन्तिम अपिल : हामीलाई जिताउनुहोस,समृद्ध धनगढी हामी बनाउछौं

धनगढी ! धनगढी उपमहानगरपालिकामा एमालेको आज चुनावी र्याली सम्पन्न भएको छ। उक्त र्यालीमा एमालेबाट धनगढीका मेयरका उम्मेदवार रण बहादुर चन्द,उपमेयरकी उम्मेदवार कन्दकला राना थारु लगायत वडाका उम्मेदवारहरु उपस्थित थिए। उक्त र्यालीमा एमालेका नेता कार्यलर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

मौन अवधि सुरु हुन केही घण्टामात्र बाँकी रहँदा एमालेले र्याली गर्दै आफ्ना उम्मेदवारहरुलाई भोट मागेको हो। उक्त र्याली धनगढी चौराहाबाट सुरु भै क्याम्पस रोड हुँदै वडा न.०७ मोतिचोकमा पुगेर कोण सभामा परिणत भएको थियो।

उक्त कोण सभामा बोल्दै एमाले धनगढीबाट उपमेयरकी उम्मेदवार कन्दकला रानाले आफुहरुलाई जिताए जनताका जनजिविकाका सवालहरुलाई पहिलो प्राथमिकता दिने बताउनु भयो। उहाँले आफू जनजाति राना थारु समुदायबाट प्रतिनिधित्व गर्ने भएकोले आफुले सबै जातजाती भाषाभाषीहरुलाई प्राथमिकतामा राख्ने बताउनु भयो। उहाँले आफुहरुले जिते समग्र विकासको गतिलाई तीब्र रुपले अघि बढाउने बताउनु भयो।

त्यसैगरी मेयरका उम्मेदवार रण बहादुर चन्दले निवर्तमान मेयरले गरेका गलत क्रियाकलापहरुलाई सच्याउँदै हरेक जनताको पिर मर्काहरुलाई सम्बोधन गर्ने बताउनु भयो। उहाँले जनताका आधारभूत आवस्यकताहरुको अधिकतम सम्बोधन गरिने बताउनु भयो। जनतामा आर्थिक प्रशासनिक मितव्ययिता अपनाइने बताउनु भयो। आफुहरुले जिते पाँच बर्षको अवधिमा धनगढीलाई व्यवस्थित अनि समृद्ध शहर बनाउने बताउनु भयो।

उक्त कोण सभामा एमालेका नेता दिपक देवकोटा,एमाले पोलिटब्युरो सदस्य एवं कैलाली जिल्ला इन्चार्ज नारदमुनी राना लगायतले सम्बोधन गर्नुभएको थियो। उहाँहरुले पनि एमालेका उम्मेदवारहरु सक्षम र इमानदार रहेकाले आठ सुर्य सात छाप हानी सबै उम्मेदवारहरुलाई जिताउन मतदाता सामु अपिल गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *