स्वतन्त्र उम्मेदवारप्रति नेता रानाको कटाक्ष – `एउटा व्यापारीले व्यापारमा सफल हुन सक्ला तर धनगढी बनाउन सक्दैन´

धनगढी ! नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं कैलाली इन्चार्ज नारदमुनी रानाले धनगढीमा मेयरका स्वतन्त्र उम्मेदवारप्रति लक्षित गर्दै एउटा ब्यापारीले ब्यापार गर्न जाम्लान तर देश अनि नगर चलाउन नजान्ने जिकिर गर्नुभयो।

एमाले धनगढीले आज आयोजना गरेको घरदैलो कार्यक्रमपछिको कोण सभालाई सम्बोधन गर्दै उहाँले स्वतन्त्रका नाममा दलिय व्यवस्थामाथि खेल्ने काम नगर्न चेतावनी दिनुभयो। एमालेमात्र देश बनाउन सक्ने उहाँले जिकिर गर्नुभयो।

`हिजोसम्म विवेकशील पार्टीको कोट लाएर आज स्वतन्त्र भन्दै जनतालाई भ्रम पार्दैछन,तपाईं जनताहरु सचेत रहनुहोला´-नेता रानाले भन्नुभयो।

नेता रानाले काङ्ग्रेसका कारण देश अहिलेसम्म अस्तब्यस्त बनेको बताउनु भयो। देउवा जि ५ पटक सम्म प्रधानमन्त्री बन्नुभयो,तर सुदुरपश्चिमले के पायो? प्रश्न थियो। आरजु राणाप्रति लक्षित गर्दै उहाँले भन्नुभयो-`प्रधानमन्त्रीकी पत्नी भएर मेनपावरको एजेण्ट बन्दै धनगढीमा केही नेतृ भासण गर्दैछिन,जनताले यस्ता एजेण्टसँग हिसाबकिताब माग्नुपर्छ।´

नेता रानाले उक्त कोण सभामा स्वतन्त्र व्यक्तिका नाममा कोहि नबहकिन आफ्ना नेता कार्यकर्तालाई आग्रह गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *