एमालेले आज काठमाडौंको भृकुटीमण्डपमा अन्तिम चुनावी सभा आयोजना गर्दै

काठमाडौं ! नेकपा (एमाले)ले आज काठमाडौँको भृकुटी मण्डपमा स्थानीय तह निर्वाचन केन्द्रित अन्तिम सभा गर्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा स्थानीय तह निर्वाचन केन्द्रित अन्तिम सभा गर्न लागेको छ।

आजको सभामा काठमाडौँ महानगरपालिकासहित काठमाडौँ जिल्लाका ११ वटै पालिकाका एमाले तर्फका उम्मेदवार आ–आफ्नो पालिकाको जुलुस र झाँकीसहित दिउँसो २ बजे भृकुटी मण्डपमा भेला हुनेछन् ।

‘११ वटै पालिकाका लागि बागबजार, सुन्धारा र पुतलीसडक गरी तीन स्थान तोकेका छौँ,’ काठमाडौँ महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले भन्नुभयो, ‘उहाँहरु तीन स्थानबाट जुलुस र झाँकीसहित भृकुटी मण्डपमा दिउँसो २ बजे पुग्नु हुनेछ । सभालाई पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने छ ।’

उक्त सभालाई एमाले अध्यक्ष ओली सहित शिर्ष नेताहरुले सम्बोधन गर्दै हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *