एकीकृत समाजवादीबाट गौरीगञ्ज गाउँपालिका अध्यक्षका उम्मेदवार एमालेमा फर्किए

काठमाडौं ! नेकपा (एकीकृत समावादी) बाट झापाको गौरीगञ्ज गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका भूपनारायण राजवंशी एमालेमा फर्किनु भएको छ । एमाले विभाजन हुँदा समाजवादी रोजेर स्थानीय चुनावमा गाउँपालिका अध्यक्ष उम्मेदवार पनि बनेका राजवंशी चुनावको पूर्वसन्ध्यामा एमालेमै फर्किनु भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेर उहाँले एमालेमै फर्किएको घोषणा गर्नुभएको हो । उहाँलाई हिजो साँझ अध्यक्ष ओलीले पार्टीमा स्वागत गर्नुभएको थियो। एमाले फर्किएको घोषणा गरेका भूपनारायणले विज्ञप्ति जारी गर्दै भन्नुभएको छ,  ‘नेकपा एमालेभित्रको तत्कालीन अन्तर्विरोधमा म एउटा पक्षमा लागेको थिएँ । त्यो पक्ष माधव नेपाल नेतृत्वको पक्ष थियो । जतिबेला म सो पक्षमा लागें, त्यसबेला ठीक गरे भन्ने ठानेको थिएँ । तर, समयक्रम र राष्ट्रिय राजनीतिको घटनाक्रमहरु हेर्दै जाँदा गलत गरेको निष्कर्षमा पुगेको छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *