एमालेको नयाँ चुनावी गीति भिडियो `छ्याप्पै सुर्य चिन्हमा छाप´ सार्वजनिक

काठमाडौं ! एमालेको चुनावी गीति भिडियो `छ्याप्पै सुर्य चिन्हमा छाप´ सार्वजनिक भएको छ। मनमोहन प्रतिस्ठानद्रारा उक्त गीती भिडियो एमालेको सरकारले गरेका जनप्रीय कामहरुलाई समेटेर निकालिएको हो।

उक्त गीतलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गर्नुभएको हो।

एकनारायण भण्डारीको रचना र संगीतमा रहेको उक्त गीतमा गायक /गायिका बैकुण्ठ महत र सुनीता बूढा क्षेत्री रहनु भएको छ भने सुनिल क्षेत्री र करिश्मा ढकालको अभिनय रहेको छ।

प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीका लोकप्रिय कामहरुलाई समेत समेटेर जनतालाई सन्देश दिने खालको उक्त गीति भिडियोमा केपी ओली प्रधानमन्त्री हुँदा भएका कामहरुलाई समेत समेटेको छ। जनताका काम एमालेले मात्र गरेको हुनाले छ्यापै सुर्यमा छाप हानौ भन्ने सन्देश उक्त गीति भिडियोले दिएको छ।

भिडियो सार्वजनिक भएसँगै ४८ घण्टाभितै ९१ हजारले हेरिसकेका छन् भने एमाले बरिस्ठ उपाध्यक्ष ईश्वर पोखरेल,महासचिव शंकर पोखरेल लगायतका नेताहरुले कलाकारको प्रोत्साहन स्वरुप आफ्नो फेसबुक वालहरुमा सेयर गर्नुभएको छ। एमालेका देशभरीका नेता कार्यकर्ताहरुका साथै आम सर्वसाधारणले समेत उक्त गीत आफ्नो सामाजिक संजाल एकाउण्टमा राखेको देखिएको छ।                   

Leave a Reply

Your email address will not be published. Required fields are marked *