भरतपुर एमालेको चुनावी सभा : यसरी उर्लियो जनसागर (फोटोफिचर)

भरतपुर ! नेकपा एमाले चितवनले आज भरतपुरमा चुनावी सभा सम्पन्न गरेको छ। भरतपुरको क्याम्पाचौरमा आज भएको जनसभामा हजारौं जनताको उपस्थिति थियो।
एमालेले भरतपुरमा विजय सुवेदीलाई मेयरको रुपमा अघि बढाएको छ भने उपमेयरमा राप्रपाबाट उम्मेदवार बनाएको छ।

भरतपुर महानगरको मेयरमा गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकि छोरी रेणु दाहाल छिन् भने उपमेयरमा काङ्ग्रेसको उम्मेदवार छन् । गत स्थानीय निर्वाचनमा झै यसपटक पनि भरतपुरको निर्वाचनलाई उत्सुकताका साथ हेरिएको छ।

एमालेको सभामा प्रमुख अतिथिको रुपमा आज पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित हुनुहुन्थ्यो भने विशिष्ट अतिथिहरुमा उपाध्यक्षद्दय राम बहादुर थापा`बादल´ र सुरेन्द्र पाण्डे हुनुहुन्थ्यो। राप्रपाको तर्फबाट नेता बिक्रम पाण्डे सभामा उपस्थित हुनुहुन्थ्यो।

एमालेको सभामा अध्यक्ष ओलीको भासण सुन्न हजारौं जनताहरु उपस्थित थिए। अध्यक्ष ओली उपस्थित हुँदा एकस्वरमा केपी ओली जिन्दावाद भन्ने नारा सुनिन्थ्यो। एमालेको यो उपस्थितिले यसपटकको निर्वाचन उसैको पोल्टामा जाने बिश्लेषकहरु बताउँछन।                                                                             

Leave a Reply

Your email address will not be published. Required fields are marked *