देउवा र प्रचण्डको चाउरे प्रेम धेरै दिन टिक्दैन : एमाले उपाध्यक्ष पाण्डे

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रेम धेरै नटिक्ने बताएका छन्। भरतपुरमा आयोजित चुनावी सभामा पाण्डेले उनीहरुबीचको प्रेम चाउरे पिरती भएकाले केही दिनमै टुट्ने बताएका हुन्।

उनले भने, ‘चितवनमा शेरबहादुर देउवाजीले भन्नुभएछ। मेरो जोडले रेणु दाहाललाई मेयरको उम्मेदवार दिन लगाएको हुँ। प्रचण्ड जी त नाई भन्दै हुनुहुन्थ्यो। कति प्यारो प्रेम बसेछ शेरबहादुरजीलाई रेणु र प्रचण्डमाथि। ज्यादै घनिष्ट प्रेम बसेछ उहाँहरुलाई। शेरबहादुरजी, यो ज्यादै छोटो प्रेम छ। ज्यादै कमजोर प्रेम छ भन्न पर जानुहुँदैन होला। नक्कली चाउरे माया पिरती धेरै दिन चल्नेवाला छैन।’
यो चाउरे पिरती केही दिनमै टुट्ने र अंग भंग हुने उनको भनाइ छ। पाण्डेले भने, ‘हामी तपाइहरुको जनअदालतमा उपस्थित भएका छौं। यसपटक यो अदालतले सत्य र न्यायको पक्षमा फैसला गर्नेमा म आश्वस्त छुँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *