कीर्तिपुरमा गठबन्धन कच्चा छ,हामी जित्नेमा ढुक्क छौं : केशरत्न बज्राचार्य

काठमाडौं । कीर्तिपुर नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर उम्मेदवार हुने केशरत्न बज्राचार्य । उनी मत माग्न जनताको घरदैलोमा व्यस्त छन् । १० वटा वडा मध्ये वडा नं ४ को आंशिक भागमामात्र घरदैलो गर्न बाँकी रहेको उनले बताए ।
ऐतिहासिक नगर कीतिपुरलाई इतिहासको विरासत धान्न सक्ने गरि विकास गरिने बज्राचार्यको योजना छ । ‘अघिल्लो पटक निर्वाचित मेयर यो पटक निर्वाचन परिचालन कमिटी संयोजन हुनुहुन्छ । हाम्रोमा अन्तर्विरोध पनि छैन । जनताले खोजेको उम्मेदवार पाइयो भन्दै खुशी व्यक्त गरिरहेका छन्,’ उनले भने ।
तपाईलाई हाम्रो सिफारिस : कच्चा गठबन्धनले हामीलाई हराउने सपना नदेखे हुन्छः बज्राचार्य 
बज्राचार्य एमाले काठमाडौ जिल्ला समिति सदस्य तथा काठमाडौ निर्वाचन क्षेत्र नं १० का सचिव हुन । ‘समृद्ध नेपाल सुखी नेपाली भन्ने केन्द्रीय अध्यक्षको स्प्रिट छ त्यसलाई नै लिएर जनतामाझ जान्छौं,’ बज्राचार्यले अनलाइनखबरहबसँग भने । शिक्षा, स्वास्थ्य रोजगारमा कीर्तिपुरको छुट्टै पहिचान भएको र त्यसलाई कायम राखेर जाने उनले अनलाइनखबरहबसँग बताए ।
खेलकुदमा पनि पहिचान बनाएको कीर्तिपुरले त्यसलाई थप परिस्कृत गर्दै लैजाने उनले बताए । गठबन्धन विरुद्ध चुनाव लड्न त गाह्रो होला नी भन्ने प्रश्न उनले भने, ‘गठबन्धन कच्चा छ हामीलाई कुनै डर छैन, हामी एक्लै लड्न सक्छौं । हराउने सपना नदेखे हुन्छ ।’ उनले कीर्तिपुरको समस्या समाधान एमालेलेमात्र गर्न सक्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *