‘एमसीसी साइन गर्दा गाँजा भाङ खाएर गरेका हुन् र?त्यो बेला पढ्न सकिँदैन? ’ एक अनलाइनसँगको अन्तरवार्तामा उनले भने ‘त्यो पास हुन दिँदैनौँ। ’ एमसीसी मुलुकको हितमा नरहेको भन्दै मार्सल लगाएर जथाभाबी पास गर्न खोजे सशक्त आन्दोलन चलाउने बताए।
एमालेका केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज समेत रहेका रानाले सभामुख अग्नि सापकोटाबाट माओवादी कार्यकर्ता जस्तो व्यवहार भएको बताए । उनले एमालेले कारबाही गरेका १४ जना सांसद संसद्मा रहे सम्म संसद् चल्न नदिने चेतावनी समेत दिएका थिए
‘माओवादी र प्रचण्डको कार्यकर्ताको रुपमा सभामुख देखिए ’ उनले भने , ‘जन सम्म गैरसांसदहरु सांसदमा उपस्थित हुन्छन् हामी सदन चल्न दिँदैनौँ । ’
सभामुखबाटै असंवैधानिक काम भएको भन्दै सभामुखले जथाभाबी गर्दा प्रतिपक्ष ले टुलुटुलु हेरेर बस्न नसक्ने बताए ।
‘केपी सरकारले ल्याएको बजेट प्रतिस्थापन गर्ने अधिकार परमादेश सरकारलाई छैन । जेठ १५ गते संविधान स्वरूप ल्याइएको बजेट प्रतिस्थापन गर्ने अधिकार छैन ’ उनले भने, ‘संविधानको रक्षाको लागि हामीले विरोध गरेका हौँ । ’