नेकपा एमाले गोदावरी न.पा. वडा न. ७ को वडा भेला सम्पन्न

कैलाली ! नेकपा एमाले गोदावरी न.पा. वडा न. ७ को वडा भेला वडा अध्यक्ष खड्ग ओलीको अध्यक्षतामा उलेख्य पार्टी सदस्यहरुको उपस्थिति सहित सम्पन्न भएको छ। उक्त कमिटीलाइ पुर्णता दिदै सोहि कमिटीलाई आयोजक कमिटिमा रुपान्तरण गरेर भेला समापन भएको छ।       

उक्त भेला एवम कार्यक्रममा प्रमुख अथिति एमाले नेता तथा गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउद , बिशिस्ट अथितिद्वय पार्टी जि.क. सदस्य तथा इन्चार्ज राम प्र चौधरी ,जि. क. सदस्य तथा नगर अध्यक्ष गोकर्ण भट्ट, अतिथि जि. क. सदस्य आनन्द भट्ट ,गणेश साउद ,शिक्षक संगठनका नेता तारा प्र. भट्ट,पुराना नेता खड्ग सार्कि,कलावती साउद लगायत सम्पुर्ण संगठित सदस्य र नेकपा एमाले नेता कार्यकर्ता को बाक्लो उपस्थिति रहेको थियो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *