अत्तरियामा एमालेको युवा परिचालन रणनितिक भेला सम्पन्न

कैलाली !  नेकपा एमाले गोदावरीले आज युवाहरुको रणनितिक भेला सम्पन्न गरेको छ । बैशाख ३० गते हुने निर्वाचनमा युवा परिचालन गर्ने रणनिती अनुरुप भेला आयोजना गरिएको हो । नगरपालिकाका १२ वटै वडाबाट १० जना नेतृत्वमा रहेका युवाहरुको सहभागिता रहेको थियो ।

भेलामा सहभागी युवाहरुलाई नेकपा एमालेका सचिव एवं सुदुरपश्चिम इन्चार्ज लेखराज भट्ट, प्रदेश कमिटीका सदस्य कृष्णराज सुवेदी, गोदावरी नगर इन्चार्ज आनन्द भट्ट, एमालेको तर्फबाट गोदावरीका मेयरका उम्मेदवार गोकर्ण भट्ट , उपमेयरका उम्मेदवार शारदादेवी रोकाया र युवा इन्चार्ज बालकृष्ण प्रसाईले अबका केही दिनमा अपनाउनु पर्ने रणनितीको बारेमा प्रशिक्षण दिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *