नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु

काठमाडौ ! प्रमुख प्रतिपक्षी नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा विहान १० बजेबाट बैठक सुरु भएको हो ।

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा विधान महाधिवेशनका लागि प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारीबारे छलफलको एजेण्डा छ ।

एमालेले असोज ४, ५ र ६ गते काठमाडौंमा विधान महाधिवेशन गर्दै छ । एमालेले त्यसका लागि विधान संशोधनको मस्यौदा तल्लो कमिटीमा पठाएको थियो । तल्लो कमिटीले विधान संशोधनका सन्दर्भमा सुझाव पठाइसकेको उनको भनाइ छ ।

यस्तै आजको बैठकमा संसदमा पार्टीको भूमिकाका विषयमा छलफल हुने उनको भनाइ छ ।

सभामुख अग्नि सापकोटाले आफ्नो पार्टी फुटाउन‘भूमिका खेलेको भन्दै भदौ २३ गतेबाट सुरु भएको संसद अधिवेशनमा एमालेले लगातार अवरोध गर्दै आएको छ । तर एमालेको अवरोधका बीच सभामुख सापकोटाले संसदको काम कारबाही अगाडि बढाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *