धनगढीमा उत्साहपुर्ण जनसभाको सन्देश : एमालेलाई धनगढीमा कुनै शक्तिले हराउन सक्दैन

धनगढी ! हिजो बुधबार एमाले धनगढीले विशाल चुनावी सभा सम्पन्न गरेको छ। उक्त सभामा उल्लेख्य जनताको उपस्थिति रहेको थियो। सभामा प्रमुख अतिथिका रुपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हुनुहुन्थ्यो। बर्दगोरिया कैलाली ,बेलौरी कंचनपुरको सभा सकेर अध्यक्ष ओली करिब साढे ५ बजेतिर धनगढीको सभामा पुग्नु भएको थियो। अध्यक्ष ओली सभामा पुग्दा एमाले जिन्दावाद! केपी ओली जिन्दावाद भन्ने नाराहरु जनताले स्फुर्त रुपले लगाइरहेका थिए। आसन्न स्थानिय निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई विजयी बनाउन अभियान स्वरुप उक्त जनसभाको आयोजना गरिएको थियो।

अध्यक्ष ओलीको भाषण सुन्न टाढाटाढाबाट जनताहरुको भिड उर्लिएको थियो। उपस्थित हजारौं जनताको एउटै चाहना एमालेका हरेक उम्मेदवारहरुलाई जिताऔ भन्ने थियो। उक्त सभाको सन्देश अब एमालेका कुनै उम्मेदवारलाई गठबन्धनको कुनै लोभलालच र झुटा नाराले झुक्याउदैन भन्ने नै थियो। एमाले अध्यक्ष ओली बोलिरहदा नै जनताको हुटीङले उक्त सङ्केत गरेको थियो।

उक्त सभामा एमाले अध्यक्ष ओली बाहेक केन्द्रिय सचिव एवं एमाले सुप इन्चार्ज लेखराज भट्ट,पोलिटब्युरो सदस्य एवं कैलाली इन्चार्ज नारदमुनी राना,पोलिटब्युरो सदस्य एवं सुप सह-इन्चार्ज लिला भण्डारी लगायत थुप्रै नेताहरुले आफ्ना मन्तव्यहरु राख्नु भएको थियो।

उक्त सभा र जनताको उत्साहपुर्ण उपस्थितिले यो निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई कुनै शक्तिले हराउन सक्दैन भन्ने सन्देश दिएको छ। एमालेबाट धनगढी उपमहानगरपालिकाको मेयरमा रण बहादुर चन्द र उपमेयरमा कन्दकला राना थारु उम्मेदवार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *