एमाले कैलालीले बागी उम्मेदवारी दिने ७ जनालाई गर्‍यो साधारण सदस्यपनि नरहने गरि कारबाही

कैलाली ! नेकपा एमाले कैलालीले पार्टीको नीति विपरीत स्थानिय तहको निर्वाचनमा बागी उम्मेदवार दिनेहरुलाई कारबाही गरेको छ। आज उनिहरुलाई साधारण सदस्यपनि नरहने गरि कारबाही गरेको एमाले जिल्ला सचिव डेजि पाण्डेले सभ्यखबरलाई बताउनु भयो।

कारबाही हुनेहरुमा एमाले कैलालीका जिल्ला सदस्य नेत्र मैनाली, जगतराम चौधरी रहेका छन् । मैनाली अखिलको सुदूरपश्चिम अध्यक्ष समेत हुन् ।

त्यस्तै गोदावरी नगर कमिटी उपाध्यक्ष बल बहादुर चौधरी, घोडाघोडी नगर कमिटी सदस्य सञ्जय चौधरी, बर्दगोरिया गाउँ कमिटी सदस्य पदम बुढा थापा, गोदावरी नगरपालिका वडा नम्बर ४ का वडा कमिटी अध्यक्ष प्रेम भण्डारी र पार्टी सदस्य राम बहादुर मल्ललाई कारबाही गरिएको हो ।

उनिहरुले पार्टीका उम्मेदवार विरुद्ध असन्तुष्ट हुँदै बागी उम्मेदवार दिएको र पार्टीले पटक पटक फिर्ता लिन आग्रह गर्दा नमानेकोले कारबाहिमा परेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *