पार्टीको नीति विपरीत नहिड्ने भन्दै शान्तिदेवी महताले फिर्ता गरिन आफ्नो स्वतन्त्र उम्मेदवारी

अत्तरिया! गोदावरी नगरपालिका वडा न.४ मा पार्टीको नीति विपरित स्वतन्त्र वडा सदस्यमा उम्मेदवारी दिएकी एमाले नेतृ शान्तिदेवी महताले आफ्नो उम्मेदवारी फिर्ता लिएकी हुन् ।
आज एमाले सचिव एवं सुदुरपश्चिम इन्चार्ज लेखराज भट्टको घरमा पुगि आफुले स्वतन्त्र उम्मेदवारी दिएर गल्ती गरेको र गल्ती गरेको महसुस गरि उम्मेदवारी फिर्ता लिएको जनाएकी छन् । उनले आफू अब पार्टीको उम्मेदवारलाई जिताउन हरेक तवरले सघाउने र आगामी दिनमा पार्टी नीति विपरित नहिड्ने समेत प्रतिबद्धता ब्यक्त गरिन।

नेतृ महता गोदावरी नगरपालिका वडा न. ४ स्थित एमालेकी वडा कमिटी सदस्य हुन् ।                                                                 

Leave a Reply

Your email address will not be published. Required fields are marked *