सुर्यमा भोट् हालेर जिताउनुस,धनगढीलाई हामी समृद्ध बनाउनेछौं : मेयरका उम्मेदवार चन्द

धनगढी । नेकपा एमालेका तर्फबाट आसन्न स्थानीय तहको निर्वाचनका लागि धनगढी उपमहानगरपालिकाका नगरप्रमुख पदका उम्मेद्वार रण बहादुर चन्दले नगरको समृद्धि एमालेकै पालामा सम्भव रहेको बताएका छन ।

बुधबार धनगढी ८ मा वडा स्तरिय भेलालाई सम्बोधन गर्दै चन्दले यस्तो बताएका हुन । ‘चुनावमा झुठा आश्वासनका पोको बाढ्नेहरुको भिड लागेको छ’, चन्दले भने, ‘गफमा मख्ख नपरी एमालेलाई साथ दिनुहोस सदैव एमाले तपाईको साथमा रहनेछ । एमालेलाई भोट दिएर आफुहरुको टीमलाई जिताए धनगढीलाई समृद्ध बनाउने उम्मेदवार चन्दको उद्घोष थियो।

कैलालीको धनगढी उपमहानगरपालिकाको प्रमुखमा चन्द र उपप्रमुखमा कन्दाकला राना चुनाबी मैदानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *