धनगढीमा एमालेको जनलहर देखेर सत्ता गठबन्धनको होस उड्यो : इन्चार्ज राना

कैलाली । स्थानीय तहको चुनावी प्रचारप्रसारमा नेकपा (एमाले)प्रतीको जनलहरले गठबन्धनको होस उडाएको नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा कैलाली जिल्ला इन्चार्ज नारदमुनी रानाले बताउनु भएको छ । आज मंगलबार धनगढी ७ देवरियामा आयोजित  वाड स्तरीय चुनावी भेलालाई सम्बोधन गर्दै रानाले यस्तो बताउनु भएको हो ।

‘हाम्रो गौरवशाली पार्टीप्रती उत्साहजनक जनताको जनलहरले गठबन्धनको होस उडाएको छ’, उहाँले भन्नुभयो, ‘रुख उखलेर जाखौर तालमा डुबायो अनि कलमको मसि सुकायो ।’ त्यस्तै रानाले अब विकास र गठबन्धनको बलियो विकल्प भनेकै नेकपा एमाले भएको दाबी गर्नुभयो ।
वडा नं ७ मा देखिएको जनताको जनलहरले एमालेको जितलाई झनै सुनिश्चित गरेको रानाले बताउनु भयो । यो उत्साह बैशाख ३० गतेसम्म कायम राखी नेकपा एमालेका नगर देखि वडासम्म सम्पुर्ण उम्मेदवारलाई भारी मतले विजयी गराउन रानाले आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *