यसकारण धनगढी उपमहानगरपालिकामा एमालेका उम्मेदवारहरुले चुनाव जित्न अपरिहार्य छ

तीर्थ भट्टराई /धनगढी ! आसन्न बैशाख ३० को स्थानीय निर्वाचनलाई आफ्नो माटो सुहाउँदो उपयुक्त उम्मेदवार जिताउने अवसरका रुपमा हेरेका छन् महदाताहरुले। स्थानीय निर्वाचनमा धनगढी उपमहानगरपालिका मेयर तथा उपमेयरका उम्मेदवारहरु मध्ये एमालेका रणबहादुर चन्द र कन्दकला राना थारु यतिबेला अरु उम्मेदवारहरु भन्दा चर्चाको शिखरमा छन् ।
चन्द एमालेको केन्द्रिय निर्वाचन कमिटीका सदस्य हुन् भने राना एमाले कैलाली जिल्ला कमिटी सदस्य हुन् ।

धनगढी उपमहानगरपालिका सुदुरपश्चिम प्रदेशकै हाल अस्थायी राजधानी र व्यापारिक एवं प्रशासनिक हब हो। संघीयताको पहिलो प्राक्टीस अनुसार ५ बर्षे स्थानीय सरकार यहाँका जनताले हेरिसकेका छन् । नेपाली काङ्ग्रेसको तर्फबाट नृप बहादुर वड धनगढीको मेयरमा पहिलो कार्यकालका लागि निर्वाचित भएका थिए। तर उनले जागीर खानु बाहेक जनताका समस्याहरु नबुझेको धनगढीका मतदाताको तर्क छ। कोरोना महामारीमा उपमहानगरपालिकाले खेल्नु पर्ने भुमिका शून्य रह्यो। कोभिडको समयमा नाकामा होल्डिङ सेण्टर निर्माण गर्न,कोभिडका बिरामीहरुलाई स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन उनको भुमिका शून्य रहेकाले जनता रुष्ट छन् । कोभिडको समयमा राहतको नाममा कुहिएको चामल दिएर जनतालाई रुष्ट बनाएका छन् । उपमहानगरपालिकालाई काङ्ग्रेसको पार्टी कार्यालय बनाएको विपक्षिले समेत आरोप लगाएका छन् । आम सर्वसाधारणलाई सामान्य सिफारिसहरु समेत लिन मुस्किल परेको पहिलो कार्यकाल सम्झिदै धनगढीका जनताले यस् पटक रण बहादुर चन्द र कन्दकला राना जस्ता सरल अनि जनतामा भिजेका नेता चाहेका छन् ।

नेता शासक हैन,सेवकको भुमिकामा रहनुपर्छ तर चुनाव जितिसकेपछि तत्कालीन मेयरले जनतासँग शासकले गर्ने व्यवहार गरे,काङ्ग्रेसका कार्यकर्ता बाहेक अरुलाई जनतालाई देखेनन-धनगढीका एक स्थानीयले भने।

आम रुपमा तत्कालीन मेयरका चरम समस्याहरु रहेको जनताबाट बुझ्न सकिन्छ। अनियमितताका खबरहरु जताततै छन् । जनतामा पारदर्शिता देखाउनु पर्नेमा शासकरुपी व्यवहारले धनगढी अस्तव्यस्त बनेको देख्न सकिन्छ।

यहि सेरोफेरोमा हेर्दा मतदातालाई ठुला सपना भन्दापनि आधारभुत समस्याहरु समाधान गरिदिने,समस्या परेका बेला सहयोग गरिदिने सरल र जनतामा भिजेको नेता खोजेका छन् । एसि गाडीमा सवार रहेर ठुलाकुरा गर्ने भन्दा जनतासँगै धुलोधुवाँमा सवार हुने नेताले समस्याहरु बुझ्छन भन्ने जनताको बुझाइ र विगत कार्यकालले पाठ सिकाएको छ।

एमाले धनगढी उपमहानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारहरुले आफ्ना चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरिसकेका छन् । नगरबासीको शिक्षा,स्वास्थ्य,कृषि लगायतका बिसयहरु सुधारका उल्लेख्य प्रतिबद्धताहरु छन् । नगरलाई बिकासको गतिमा दौडाउन बिकासका प्रतिबद्धताहरु छन् । ५ बर्षे उक्त प्रतिबद्धता पत्र समष्टिगत रुपमै जनताको मनमा बसेको छ। एमालेका उम्मेदवारहरु आजसम्म कुनै विवादमा नफसेका निस्कलंक छन् । काम गरेर जनताको मन कसरी जित्नुपर्छ भनेर उनिहरुमा हेक्का छ किनकि उनिहरु सर्वहारा पार्टीको स्कुलिङबाट आएका हुन् । सर्वहारा जनताको हितका लागि उनिहरुले काम गर्छन् भन्ने आम सर्वसाधारणले ठम्याईसकेका छन्,त्यो दुर्लभ दृश्यहरु घरदैलो अभियानमा पनि प्रष्ट देखिन्थ्यो। यस् अर्थमा पनि एमालेका उम्मेदवारहरुले निर्वाचन जित्नु जरुरी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *