केशव स्थापितको उद्घोष : मेयर भएको भोलिपल्टबाटै महानगरवासीको सेवामा लाग्छु

काठमाडौं । नेकपा (एमाले)बाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले मेयर भएको भोलिपल्टबाटै नागरिकको पीडालाई सुनेर तत्काल सम्बोधन हुनेगरी काममा लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । स्थापितले मेयरले ६ महिनासम्म सगुन खाएर हिँडेको आफूले देखेको उल्लेख गर्दै आफूले भने एकै दिनमा दिनमा सो काम सकाएर महानगरवासीको सेवाको काममा लाग्ने बताउनु भएको हो ।

आइतबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सगुन खाँदा पनि झोल नखाने भन्दै नल्याउन पनि सबैलाई आग्रह गर्नुभयो । उहाँले पानी ल्याउने, विष्कुट ल्याउने अनि बाँडेर सगुन खाने र मेयर भएको पर्सीपल्टबाट काम सुरु गर्ने बताउनु भयो ।

मेयरका उम्मेदवार स्थापितले भन्नुभयो, ‘विभिन्न ठाउँबाट आएका मानिसहरुलाई काठमाडौंमा संरक्षण गर्न अगुवाई गर्नेछु । मैले एक दिन केही मान्छेहरुलाई देख्या छु–६ महिनासम्म काम भनेको सगुन खाने भन्छ । साँझ परेपछि चुस्स लाछ । फोन अफ ग¥या छ । जहिले पनि सगुन खाछ, अण्डा खाछ । माछा खाछ । ठूल्ठूला कुरा ग¥या छ । हुँदैन, जितको भोलीपल्ट ६ बजेदेखि राति बाह्र बजेसम्म सेलिब्रेशन हुन्छ ।’
उहाँले थप्नुभयो, ‘जति आउने त्यही दिन आउनू प¥यो । मेरो आमाजस्तो हुर्काको दिदी हुनुहुन्छ । उहाँ कहाँ ढोग गरेर आउने र सगुन खाने । त्यसमा अण्डा अरुलाई खुवाउने । आफूले धेरै खायो भने खाने बानी लाग्छ । होस् त गर्नु प¥यो नि । त्यसरी खानेबानी ठीक हुँदैन । बाँडचुड गरेर एक दिन सगुन खाने । भोलिपल्टबाट आम नागरिकको पीडालाई सुनेर काम गर्ने हो ।’
त्यस्तै उहाँले आफू मेयर भएपछि उपहार नल्याउन पनि सबैलाई आग्रह गर्नुभयो । काठमाडौं महानगरपालिकालाई सबै नागरिकको सम्मान र सुरक्षा प्रदान गर्ने थलोको रुपमा आफूले विकास गर्न चाहेको मेयरका उम्मेदवार स्थापितको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *