वीरेन्द्रनगरमा एमालेको घोषणापत्रः नगरको विकासमा फड्को मार्नलाई बहुआयामिक योजनाहरु

सुर्खेत । नेकपा एमालेको वीरेन्द्रनगर कमिटीले आसन्न स्थानीय तह निर्वाचनका लागि प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । २१ पेज लामो प्रतिवद्धतापत्रमा अन्डरग्राउण्ड पार्किङ्ग सहितका सपिङ्ग कम्प्लेक्स, सामाजिक न्याय, गरिव परिचय पत्र वितरणदेखि विद्युतीय सुशासनसम्मका विषय उल्लेख छन् ।
वीरेन्द्रनगरको मेयरमा मोहनमाया ढकाल र उपमेयरमा नीलकण्ठ खनाललाई उम्मेदवार बनाएको एमालेले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि शनिबार प्रतिवद्धतापत्र सार्वजनिक गरेको थियो । प्रतिबद्धता पत्रमा केही पुराना र केही नयाँ योजनाहरु छन् ।

०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले नगर गुरुयोजना, खानेपानी समस्या समाधान र नगर बसको विषय उठाएको थियो । यसपटक पनि तिनै विषय दोहोर्याइएको छ । प्रतिवद्धता पत्रमा भनिएको छ, ‘नगर विकास प्राधिकरण गठन गरी नगरको एकीकृत विकासको मोडेल अघि बढाइने छ । तीन वर्षभित्र भेरी लिफ्ट योजना सम्पन्न गरी सुर्खेत उपत्यकामा खानेपानी पुर्याइने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *