चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष ओली आज हेटौंडा जानूहुँदै

काठमाडौं ! आज आइतबार नेकपा एमालेले हेटौंडामा आमसभा गर्दैछ । आमसभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै हुनुहुन्छ ।  स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर अध्यक्ष ओली हेटौंडा जान लाग्नु भएको हो । आमसभामा मकवानपुरका १० वटै स्थानीय तहका एमालेका उम्मेदवार, नेता, कार्यकर्ताहरू सहित ४० हजार भन्दा बढीको सहभागिता रहने दावी गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकाका विभिन्न चार वटा नाकाबाट पैदल र्‍याली गरी हुप्राचौरमा आमसभा गरिने एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *