काठमाडौँ ! नेकपा (एमाले)ले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हरेक मतदानस्थलमा २०० जनाका दरले स्वयंसेवक परिचालन गर्ने भएको छ ।
एमाले जनसंगठन समन्वय समितिको शनिबार बसेको बैठकले ७५३ स्थानीय तहका हरेक मतदानस्थलमा २०० परिचालन गर्ने र ती स्वयंसेवकले मतदातालाई सहयोग र मतको संरक्षण गर्ने एमालेले जनाएको छ।