राजनितीलाई पेशा र ब्यापार बनाउनेका बिरुद्ध हाम्रो उम्मेदवार हो – मेयरका उम्मेदवार गोकर्ण भट्ट

अत्तरिया -नेपाल राष्टिय शिक्षक संगठन कैलालीले १३ अधिबेशनबाट निर्बाचित जिल्ला समिती तथा  केन्द्रिय प्रतिनिधि हरुलाइ बधाई तथा सम्मान आयोजना गरेको छ ।

नेकपा एमालेको तर्फबाट गोदावरी नगरपालिकाका मेयर र उपमेयरका उम्मेदवार क्रमश गोकर्ण भट्ट र शारदा देबी रोकाया को उपस्थितीमा कार्यक्रम आयोजना गरिएको हो ।
संगठन कैलालीका अध्यक्ष नरेन्द्रराज शर्माको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मेयरका उम्मेदवर गोकर्ण भट्टले अहिलेको यो राजनितिक मोर्चामा शिक्षकहरुले पनि महत्वपुर्ण सहयोग गर्नु पर्ने बताए । उनले एमालेबाट आफु मेयरमा निर्बाचित भएपछि शिक्षकहरुको हकहितको लागी लागी पर्ने बताए ।
‘चुनावको बेला हामीले घोषणा पत्रमा उल्लेख गरेका कुराहरु हामी लागु गरेर नै छोडछौँ, यि कुराहरु केबल चुनाबी नारा मात्रै होइनन्,’ भट्टले भने,’ समस्याहरु धेरै छन् नागरिकको अपेक्षा धेरै छन् अहिलेको मेयर सापले अगाडी सरेका योजनालाई निरन्तरता दिने छु । अझै भन्ने हो भने अहिलेको मेयर साप हरि सिं साउँदको उत्तराधिकारी को रुपमा कार्य गर्ने छु ।’
उनले राजनितीलाई आफुले पेशा नबनाउने प्रष्ट पारे । राजिनिती भनेको जनताको लागी हो त्यो ब्यापार हुन सक्दैन ।  त्यो सन्याशीको जस्तो हुनुपर्दछ र आफुले पनि त्यही रुपमा लिएको उनको भनाई छ । उनले अहिले एमालेका बिरुद्ध सबै शक्ती लागेका भएपनी त्यसलाई परास्त गरेर गोदावरीमा एमाले जित हासिल गर्ने दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *