जनताका सेवक केशव स्थापित : जसको यात्रालाई रोक्न सक्दैन कुनै षड्यन्त्रहरुले

काठमाडौं । यहि बैशाख ३० मा हुन गैरहेको स्थानिय चुनाबको प्रचार-प्रसारमा व्यस्त रहेका नेकपा एमाले तर्फका काठमाडौ महानगर मेयरका उम्मेदवार केशव स्थापितमाथि षडयन्त्र हुन थालेको बताइएको छ।

गत बैशाख १५ गते बिहिबार  काठमाडौंको नेशनल कलेजले आयोजनामा गरेको ‘स्थानीय चुनावमा युवाको आशा र जिज्ञासा’ विषयक अन्तरक्रिया कार्यक्रममा उनलाई मीटु जोडेर प्रश्न सोधिएको थियो। उक्त कार्यक्रम अनावश्यक कलोकल्पित ,योजनावद्द, षडयन्त्र देखिएपछि स्थापित आक्रोशित समेत भएका थिए।
अहिले सामाजिक संजालमा केशव स्थापित पक्षमा जनसागर उर्लदै यस्तो षडयन्त्रपुर्वक कार्यक्रम गरिनु खेदपुर्ण रहेको छ भन्दै चौतर्फी कारवाहीको माग समेत उठिरहेको छ।
बिगतका चुनावमा पनि एमाले पार्टीले नै किल्ला गाडेको क्षेत्र मात्र नभै केशव स्थापित आफैपनि समाजसेवी,अनुभवी कुशल राजनीतिज्ञ भएकोले पनि उनको जित पक्का देखिएको जानकारहरु बताउछन् ।
उनीमाथि उठेको बिभिन्न भ्रमलाई चिर्न महानगरले समेत बिज्ञप्ति निकाली सकेको छ।

स्थापितको पक्षमा जनता उर्लेको देखेर केही विपक्षहरु योजनाबद्ध तवरले लागेको बताइन्छ तर स्थापितलाई रोक्न जति षडयन्त्र गरेपनि सफल नहुने त्यहाका मतदाताहरुको बुझाइ छ। केशव स्थापित महानगरको सान हुन्,महानको समृद्धिको लागि उनी मेयरमा आउन जरुरी छ त्यसैलेपनि जति षड्यन्त्र गरेपनि सम्भव नहुने र महानगरका जनताले जिताइ छाड्ने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *