एमाले धनगढी उम्मेदवार : घरदैलो मार्फत जनताबाट आज पाएको त्यो माया

धनगढी । आसन्न स्थानिय तहको चुनावी प्रचारप्रसारमा रहेका धनगढी उपमहानगरपालिकामा एमालेका उम्मेदवारहरु मतदाताको घरघरमा पुगेका छन् ।

एमालेले लिएको देश विकासको नीति सहित धनगढी उपमहानगरपालिका वडा न.१४,१८ र १९ मा आज घरदैलो सम्पन्न भएको छ। उक्त घरदैलो कार्यक्रमबाट एमालेका उम्मेदवारहरु थप उत्साही बनेका छन् । उक्त अभियानमा एमाले सरकारले ल्याएको विकासको चर्चा र धनगढी उपमहानगरपालिकामा काङ्ग्रेसका मेयरले गरेको ज्याजती विरुद्ध एमालेले मतदातालाई जानकारीका साथै सचेत गराएको थियो। आज शुक्रवार वडा नम्बर १४ मा आयोजना गरिएको वडा भेला तथा घरदैलो कार्यक्रममा ‘सै पनि एमाले मै पनि एमाले गित’ मा नगरप्रमुख पदका उम्मेदवार रण बहादुर चन्द र उपप्रमुख पदका उम्मेदवार कन्द्रकला राना मतदातासँगै नाचेका थिए ।
वडा भेला तथा घरदैलो अभियानमा युवाहरु, वृद्धवृद्धा तथा नागरिक अगुवाहरुको उपस्थिति रहेको थियो । बुढेसकालमा एमालेले साहरा दिएको भन्दै वृद्धवृद्धा नाचेका थिए भने युवा जमात समृद्धिको आधार एमाले हो भन्दै नाचेका थिए । सहभागीहरुसँगै धनगढीका उम्मेदवारहरुपनि मतदतासँगै रमाएका हुन् । भेलामा सुर्य अंकित ध्वजवाहक झण्डा देखेर अधिकांश खुसी देखिन्थे ।
भेला तथा घरदैलो अभियान वडा नं १४, १८ र १९ मा सम्पन्न भएको छ। उक्त अभियानपछि नेताहरुले कोणसभा मार्फत जनतालाई एमाले उम्मेदवारका केही महत्त्वपूर्ण प्रतिबद्धता पत्रबारे जानकारी गराएका थिए। उक्त अभियानमा प्रत्यक वडाबाट अध्यक्ष तथा सदस्य पदका उम्मेदवारहरुको पनि सहभागिता रहेको थियो ।         

Leave a Reply

Your email address will not be published. Required fields are marked *