कैलालीको गोदावरी नगरपालिका वाड न. ६ मा एमालेको भेला सम्पन्न : अध्यक्षमा पुनः जग्गुराम चौधरी

काठमाडौं ! नेकपा एमाले गोनपा वडा न ६ वडा भेला वडा अध्यक्ष जग्गुराम चौधरीको अध्यक्षतामा उलेख्य उपस्थिति सहित उहाँकै अध्यक्षतामा कमिटिलाइ पुर्णता दिदै आयोजक कमिटिमा रुपान्तरण गरेर समापन भयको छ।कार्यक्रममा प्रमुख अथिति एमाले नेता तथा मेयर हरिसिंह साउद ,विशिस्ट अतिथिद्वय जिक सदस्य तथा इन्चार्ज राम प्र चौधरी , जिक सदस्य तथा नगर अध्यक्ष गोकर्ण भट्ट, अतिथि जि.क.स. हरि फुलारा,जि. क. स. आनन्द भट्ट, महादेब भट्ट, प्रवासी नेपाली मन्च युएईमा कार्यरत हाल यसै वडाका प्रतिनिधि एवम युवा नेता सन्तोष सिंह ,कैलाली युवासंघ नेपालका नेता लक्ष्मण सिंह , बुद्धिजीवी तथा पुराना नेता कमरेड निर्प बुढा लगायत सम्पुर्ण संगठित सदस्य र नेकपा एमाले नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा स्वागत मन्तब्य युवा नेता सन्तोष सिंहले राख्नु भएको थियो। मन्तव्यमा क्रममा नेता सिंहले एमालेबाट चोइटिएर समाजवादीमा गएका हरुको भन्डाफोर अभियान सन्चालन देखि अब वडामा एमालेले विजयको झण्डा फहराउने अभियान चलाउने बताउनु भयो।यसैगरी जिल्ला कमिटी सदस्य हरी फुलारा, विशिस्ट अथिति गोकर्ण भट्टले पनि नेकपा एमाले जित्नेमा कुनै दुविधा नरहेको बताउनुभयो । इन्चार्ज राम प्रसाद चौधरी तथा प्रमुख अतिथि मेयर हरिसिंह साउदले पनि उक्त कार्यक्रममा सम्बोधन गर्नु भयो।उहाहरुले पनि अब एमालेलाइ कसैले छेक्न र रोक्न नसक्ने बताउनुभयो ।     

Leave a Reply

Your email address will not be published. Required fields are marked *