एमाले धनगढीका उम्मेदवारहरुले वडा न. १४ मा सुरु गरे घरदैलो अभियान

धनगढी ! नेकपा एमाले धनगढीका मेयर उपमेयरहरुको आजबाट चुनावी घरदैलो अभियान संचालन गरेका छन् । हिजो बिहिवार चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरे लगत्तै आजबाट घरदैलो अभियान सुरु गरेको हो।

आज धनगढी उपमहानगरपालिका वडा न.१४ फुलबारीका विभिन्न भागहरुमा र्याली गरिएको छ। मेयरका उम्मेदवार रण बहादुर चन्द,उपमेयरकी उम्मेदवार कन्दकला राना थारु लगायत वडा न.१४ मा एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेदवार कृष्ण पाण्डे,लगायत वडा सदस्यका उम्मेदवारहरु उपस्थित थिए।

उक्त अभियानमा एमाले पोलिटब्युरो सदस्य एवं कैलाली जिल्ला इन्चार्ज नारदमुनी राना,पोलिटब्युरो सदस्य एवं सुदुरपश्चिम सह-इन्चार्ज लिला भन्डारी लगायत प्रदेश कमिटीका सदस्यहरु,जिल्ला कमिटीका सदस्यहरु ,नगर कमिटीका पदाधिकारी एवं सदस्यहरु,वडा कमिटीका पदाधिकारी लगायत सदस्यहरुको बाक्लो उपस्थिति थियो। उक्त अभियानमा वडाका एमालेप्रति आस्था राख्नेहरुको उल्लेख्य उपस्थिति थियो।                                       

Leave a Reply

Your email address will not be published. Required fields are marked *