एमाले धनगढी प्रतिबद्धता पत्र : नगरभित्र एक वडा एक नमुना स्वास्थ्य चौकी संचालन गरिने

धनगढी ! नेकपा एमाले धनगढी उपमहानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारहरुले हिजो बिहिवार आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

पार्टी कार्यालय धनगढीमा आयोजित उक्त कार्यक्रमद्रारा स्थानीय स्तरमा शिक्षा स्वास्थ्य जस्ता जनताका आधारभूत आवस्यकताहरुलाई कार्यान्वयन गर्ने प्रतिबद्धता गरिएको छ।

बर्सेनि स्वास्थ्य समस्याले नगरका बासिन्दामा उब्जेका अप्ठ्यारा परिस्थितिहरुलाई सम्बोधन गरिने जनाइएको छ।
उक्त प्रतिबद्धता पत्रमा हाल वडाहरुमा संचालनमा रहेका नगर स्वास्थ्य चौकीहरुको स्तरोन्नति गरि एक वडा एक नमुना स्वास्थ्य चौकी संचालन गरिने जनाइएको छ। साथै साविकको उर्मा र फुलबारीमा डाक्टरको सेवा सहितको १५ सैयाको अस्पताल सन्चालनमा ल्याइने जनाइएको छ।

निजि स्वास्थ्य संस्थाहरुको सेवा प्रवाह र गुणस्तर कायम गर्न नियमित अनुगमन र निरिक्षण गरिने जनाइएको छ।प्रत्यक सुत्केरी आमालाई सहजताका लागि नगरभित्र नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गरिने जनाइएको छ।
साथै प्रत्यक नगरबासीलाई स्वास्थ्य बिमाको दायरामा ल्याइने जनाइएको छ र गरिबीको रेखामुनी रहेका नागरिकलाई स्वास्थ्य बिमामा ५० प्रतिशत अनुदान प्रदान गरिने जनाइएको छ।

उक्त प्रतिबद्धता पत्रमा जेष्ठ नागरिकलाई घरमै नि:शुल्क स्वास्थ्य सेवा दिन जेष्ठ नागरिक घुम्ती सेवा संचालन गरिने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *