गोकर्ण भट्ट : जनताको सेवा गर्दागर्दै गोदावरीबाट मेयरको उम्मेदवार

अत्तरिया! कैलालीको गोदावरी नगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार हुन् गोकर्ण भट्ट ।
नगरमा इमानदार छवि बनाएका भट्ट नेकपा एमाले गोदावरी नगर कमिटीका अध्यक्ष पनि हुन् । राजनैतिक यात्रासँगै सामाजिक अभियानहरुमा पनि उनी उत्तिकै सक्रिय छन् ।

एमाले सचिव एवं सुदुरपश्चिम इन्चार्ज लेखराज भट्टका भाई समेत रहेका भट्ट इमानदारीको उपनाम पनि हो। जनताको हरेक दु:खमा मलम बनेर उपस्थित हुने उनी हाल एमालेबाट मेयरको उम्मेदवारपनि छन् । गत स्थानीय निर्वाचनमा पनि एमालेकै नेता हरिसिंह साउँदले मेयरमा बाजि मारेका थिए। उनले यो पाँच बर्षको अवधिमा उल्लेख्य कामहरु गरेकाले पनि गोदावरी नगरपालिकामा एमालेको छवि राम्रो छ।

जनप्रतिनिधि जनताका शाषक हैनन,सेवक हुन भन्ने एमालेले आत्मसात गरेको नीतिले गर्दापनि नगरका जनताहरु एमालेप्रति सकारात्मक छन् ।
यस पटकपनि गोदावरीका जनता एमालेलाई भोट दिएर जिताउन आतुर रहेको विभिन्न तथ्यहरु बाट पत्ता लागेको छ। हक्की स्वभाव,इमान्दार छवि,सामाजिक भाव,कुनै विवादमा नपरेका भट्ट मेयरका उम्मेदवारमात्र नभै नगर विकासका लागि जनताका अगाडि उभिएका कुशल पात्र हुन् भन्ने मतदाताको ठम्याइ छ।

गोदावरी नगरपालिकामा गठबन्धन दलका उम्मेदवार भन्दा भट्टको लोकप्रियता बढि छ। स्थानीय रहेर जनताकै सुखदुःखका सारथि बनिरहेका उनले मेयरको उम्मेदवारी दर्ता गर्दा नै राज्यबाट आफुले कुनै सेवा सुबिधा नलिने घोषणा गरे। आफू जनताको सेवा गर्न र नगरलाई समृद्ध बनाउन मात्र उम्मेदवार बनेको प्रतिबद्धता जनाएका भट्टको उक्त घोषणापछिको चर्चा झन चुलिएको छ।

एमाले जस्तो जनताको पार्टीको उम्मेदवार अनि स्वच्छ छवि बनाएर आफुलाई जनतासामु उभ्याएका गोकर्ण भट्टको गोदावरी नगरपालिकामा विजय यात्रा सुनिस्चित रहेको आम जनताको बुझाइ रहेको पाइएको छ। मेयरका उम्मेदवार भट्टसँगै उपमेयरमा एमालेको तर्फबाट शारदादेवी रोकाया रहेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *