नगरको विकास,शिक्षा,स्वास्थ्यको ग्यारेन्टी गर्दै एमाले धनगढीका मेयर र उपमेयरका उम्मेदवारले सार्वजनिक गरे चुनावी प्रतिबद्धता पत्र

धनगढी ! नेकपा एमाले धनगढी उपमहानगरपालिका मेयर र उपमेयरका उम्मेदवारले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । जिल्लाको पार्टी कार्यालय हलमा आज दिउँसो उक्त प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

उक्त चुनावी प्रतिबद्धतामा मेयर र उपमेयरका उम्मेदवारले सुन्दर र सबल धनगढी नगर बनाउन विभिन्न कार्यक्रमहरुको घोषणा गरेका छन् । नगरबासीहरुको शिक्षा,स्वास्थ्य लगायत अन्य जनसवालहरुको ग्यारेन्टी उक्त प्रतिबद्धता पत्रमा गरिएको छ। नगरको समृद्धिलाई विशेष प्राथमिकता दिइएको छ।

नगरमा गुणस्तरीय शिक्षामा जोड दिइएको छ। नगरभित्र सामुदायिक बिधालय संचालन नीति निर्माण गरि माध्यामिक तहसम्मको शिक्षालाई नि:शुल्क गर्ने प्रतिबद्धता छ।

साथै निरोगी नेपाल,स्वस्थ नेपालीको अवधारणा अघि सारिएको छ।हाल नगरमा संचालनमा रहेका स्वास्थ्य चौकीहरुको स्तरोन्नति गरि एक वडा एक नमुना स्वास्थ्य चौकी संचालनमा ल्याइने जनाइएको छ।

प्रतिबद्धता पत्रमा स्वच्छ खानेपानी,सफा बस्ती र राम्रो अनिबानीको अवधारणा ल्याइएको छ। नगरभित्र एक घर एक शुद्ध खानेपानी धाराको व्यवस्था गरिने जनाइएको छ। नगरभित्र उत्पादन हुने फोहोरलाई उचित व्यवस्थापन गरि फोहोरको बहुउपयोग गरिने जनाइएको छ।

प्रतिबद्धता पत्रमा नगरका किसानहरुको समृद्धिलाई ध्यान दिइएको छ। लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण र सामाजिक सुरक्षाको अवधारणा ल्याइएको छ। साथै नगरभित्र युवा,खेलकुद तथा मनोरञ्जनलाई प्राथमिकतामा राखिएको छ।

नगरभित्रका बासिन्दाको भुमी तथा आवास व्यवस्थापनमा प्रतिबद्धता जनाइएको छ।साथै जलवायु अनुकुलन र बिपद व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ। बर्षायाममा धनगढी भित्र हुने डुबान समस्याको अध्ययन गरि उचित डुबान हुन नदिन उचित कदम चाल्ने प्रतिबद्धता जनाइएको छ। साथै नगर भित्रका समग्र समृद्धिको आधारशिला खडा गर्नेमा मेयर र उपमेयरका उम्मेदवारहरुले आम सञ्चार माध्यमबाट प्रतिबद्धता जाहेर गरेका छन् ।

उक्त प्रतिबद्धता पत्र सार्वजनिक समारोहमा पार्टीकि पोलिटब्युरो सदस्य एवं सुदुरपश्चिम सह-इन्चार्ज लिला भण्डारी,पोलिटब्युरो सदस्य एवं कैलाली जिल्ला इन्चार्ज नारदमुनी राना,केन्द्रिय सदस्य सन्तोष शर्मा,एमाले सुदुरपश्चिम प्रदेश सचिव धर्मराज पाठक,एमाले प्रदेश कमिटी सदस्यहरु जीवन बम,राजेश खाती,नृप बोहरा लगायत जिल्ला कमिटी उपाध्यक्ष,सदस्यका साथै नगरका पदाधिकारी र सदस्यहरु र पार्टी कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो।

आज प्रकाशित प्रतिबद्धता पत्रको पुर्ण रुप यस्तो छ।                     

Leave a Reply

Your email address will not be published. Required fields are marked *