आफ्ना उम्मेदवारलाई जिताउन एमाले धनगढी उपमहानगरपालिका-१८ ले सुरु गर्‍यो घरदैलो अभियान

धनगढी ! आसन्न स्थानीय निर्वाचनको लागि एमाले धनगढीले घरदैलो अभियान तीब्र पारेको छ। धनगढी उपमहानगरपालिका वडा न. १८ फुलबारीमा आज एमालेबाट मेयरका उम्मेदवार रण बहादुर चन्द,उपमेयरकि उम्मेदवार कन्दकला राना थारु लगायत वडा अध्यक्षका उम्मेदवार भुवन रिजाल र वडा सदस्यका उम्मेदवारहरुलाई भोट् माग्न घरदैलो अभियान सुरु गरिएको छ।

एमाले पोलिटब्युरो सदस्य एवं सुदुरपश्चिम सह-इन्चार्ज लिला भण्डारीको नेतृत्वमा वडामा बसोबास गर्ने एमालेप्रेमी जनताहरु घरदैलोमा निस्केका हुन् । एमालेले धनगढी उपमहानगरपालिकामा मेयर,उपमेयर सहित सबै वडाहरुमा आफुले जित्ने लक्ष्यका साथ अघि बढेको जनाइएको छ।                                                       

Leave a Reply

Your email address will not be published. Required fields are marked *