धनगढीका जनताको मनोभावना बुझ्ने उम्मेदवार चन्द, जसले चुनाव जिते बदल्न सक्छन् धनगढीको स्वरुप

कैलाली ! नेकपा एमालेको बिध्यार्थी संगठन अनेरास्ववियु राजनितिमा लागेका रण बहादुर चन्दको ३० बर्षे राजनितिक यात्रा निश्कलकिंत छ । कहिल्यै कुनै बिवादमा नतानिएका चन्द यस पटक धनगढी उप महानगरपालिकाको मेयरका उमेदवार बनेका छन् ।
२०३६ सालमा बैतडीको तत्कालिन सलेना गाबिस ८ अर्थात अहिलेको मेलौली नगरपालिका वडा नम्बर ३ मा जन्मेका चन्द शालिन स्वभावका इमान्दार नेताका रुपमा परिचित छन् । कक्षा ७ सम्म जन्मभुमी बैतडीमै अध्ययन गरेका चन्दले कक्षा ८ बाट धनगढीमा पढाई शुरु गरेका हुन् । धनगढीको पञ्चोदय माध्यमिक बिद्यालयबाट प्रमाणपत्र तह पास गरेका चन्दले कैलाली बहुमुखी क्याम्पसबाट स्नातक तह सम्मको अध्यायन गरेका छन् । २०४८ सालमै राजनितिमा लागेका चन्द २०५० सालमा स्कुल इकाई सचिव बनेर पार्टीमा संगठित बनेका थिए ।
त्यसपछि कैलाली बहुमुखी क्याम्पसको प्रारम्भिक कमिटी अध्यक्ष बनेका चन्द अनेरास्ववियु कैलालीका सचिव बनेका थिए । त्यसपछि सेती अञ्चल सदस्य हुँदै केन्द्रिय सदस्यसम्म पुगे । बिद्यार्थी राजनिति संगै पार्टीको सशक्त राजनिति शुरु गरेका चन्दले पार्टीको धनगढी नगर सदस्य, उप सचिव, दुई कार्यकाल सचिवको कार्यभार सफलता पुर्वक सम्हाले । त्यसपछि कैलाली जिल्ला कमिटि सदस्य धनगढी ईन्चार्ज हुँदै पार्टी जिल्ला कमिटी कैलालीको ७ बर्ष सचिवको जिम्मेवारी निभाए । नेकपा रहदा केन्द्रिय सदस्य समेत बनेका चन्द एमाले कैलालीका निवर्तमान उपाध्यक्षपनि हुन् । जनआन्दोलनका क्रममा ३ महिना प्रहरी प्रहरी हिरासत बसेका चन्द विभिन्न बिद्यार्थी आन्दोलनमा निकै सक्रिय देखिन्थे ।
तत्कालिन लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको भ्रमण टोलीमा चाइनाका विभिन्न ठुला शहरको समेत अवलोकन गरिसकेका चन्दलाई बिकासका बारेमा निकै ज्ञान छ । धनगढीका ९० प्रतिशत संघ संस्थामा आबद्ध रहेका चन्द सामाजिक कार्यमा निकै अग्रसर हुने गरेका छन् ।
शालिन स्कभावका मेयरका उम्मेदवार चन्दको अहिलेसम्म सबैसँग उत्तिकै सम्बन्ध राख्ने गर्छन् । उन। धनगढीको समस्या र जनताको मनोभावनालाई राम्ररी बुझेका चन्दले अवसर पाए उपमहानगरपालिका बदल्ने दखल राख्ने स्थानीय बासी हरुको बुझाइपनि छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *