धनगढी उपमहानगरपालिकाका एमाले उम्मेदवारले आज चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै

धनगढी ! नेकपा एमालेको तर्फबाट धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारले आज आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्ने भएका छन् ।
स्थानीय निर्वाचनको मिति नजिकिदै जादा धनगढी उपमहानगरपालिकाका एमाले उम्मेदवारहरुले आफ्नो चुनावी अभियान आक्रामक बनाउन लागेका हुन् ।

आज दिउँसो ३ बजे एमाले कैलालीको पार्टी कार्यालय धनगढीमा उक्त कार्यक्रम हुने जनाइएको छ।

एमालेले धनगढीको मेयरमा नेता रण बहादुर चन्द र उपमेयरमा कन्दकला राना थारुलाई उम्मेदवार बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *