जेष्ठ नागरिकसँग आशीर्वाद लिन उपमेयर उम्मेदवार काफ्ले जनताको घरघरमा

हेटौंडा ! आसन्न स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिकाको उपमेयर पदमा टिकट प्राप्त गर्नुभएकी उम्मेदवार सुमित्रा काफ्लेले चुनावी प्रचार प्रसार कार्यक्रम सुरु गर्नुभएको छ । काफ्लेले आइतबार बिहान आफ्नै गृह वडा हेटौंडा-११ बाट प्रचार कार्यक्रम सुरु गर्नुभएको हो ।

काफ्लेले वडाका जेष्ठ नागरिकहरुलाई भेटेर उहाँहरुको आशिर्वाद लिँदै आफ्नो चुनावी अभियान सुरु गर्नुभएको छ । नेकपा एमाले पार्टीले सधैं जेष्ठ नागरिकहरुको सम्मान गर्न सिकाएकाले आफुले पनि जीवनको महत्वपूर्ण कामको लागि सुरुवात गर्दा जेष्ठ नागरिकहरुकै सम्मानबाट सुरु गर्न लागेको बताउनुभयो । जेष्ठ नागरिकहरुको आशिर्वाद, माया र साथले आफुलाई हौसला मिलेको उम्मेदवार काफ्लेको भनाई छ ।

पार्टीले आफुलाई योग्य सम्झिदै प्रदान गरेको अवसरलाई खेर जान नदिने र जनताको मन जित्दै उहाँहरुको अमुल्य मतहरुले बिजयी हुँदै जनताकै सेवामा समर्पित हुने प्रतिबद्धता जनाउनुभएको छ ।शनिबार नेकपा एमालेको केन्द्रिय सचिवालय बैठकले हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवारमा पुर्व संबिधान सभा सदस्य अनन्त पौडेललाई र उपमेयरको उम्मेदवारमा एमाले मकवानपुर जिल्ला सचिवालय सदस्य तथा अनेमसंघ जिल्ला अध्यक्ष काफ्लेलाई चयन गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *