एमालेलाई कुनै तागतले हराउन सक्दैन : सचिव अर्याल

पाेखरा । नेकपा एमालेकी सचिव पदमा अर्यालले स्थानिय तह निर्वाचनमा नेकपा एमालेलाई कुनै पनि तागतले हराउन नसक्ने दावी गर्नुभएको छ ।

आज बुधबार नेकपा एमाले गण्डकी प्रदेश प्रचार डेस्कको शुरुवात गर्दै उहाँले गण्डकीमा एमाले पहिलो पार्टी बन्ने ठोकुवा गर्नुभयो ।
गण्डकीमा एमालेकै जित सुनिश्चित भएकाले ढुक्क रहन उहाँले कार्यकर्तालाई आग्रह गर्नुभयो । ‘गठबन्धन देखेर आत्तिन पर्दैन, यस्ता गठबन्धनलाई एमालेले यसअघि पनि परास्त गरिसकेको छ’–उहाँले भन्नुभयो ।

नेकपा एमाले गण्डकी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको कार्यक्रम नेकपा एमाले गण्डकी उप–सचिव एवं प्रचार विभाग प्रमुख रश्मी आचार्यले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । सो अवसरमा नेकपा एमाले गण्डकी प्रदेश कमिटिका सदस्य एवं प्रेश चौतारी गण्डकीका इन्चार्ज रामकृष्ण ज्ञवाली, प्रेश चौतारी गण्डकीका अध्यक्ष इन्द्र पौडेल, प्रचार–प्रसार तथा प्रकाशन विभागका सदस्य रामजी लम्साल लगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *