मकवानपुरमा एमालेले खाता खोल्योः दुई जना वडा सदस्य निर्विरोध

हेटौंडा । बैशाख ३० गते हुने स्थानीय निर्वाचन अघिनै मकवानपुरमा नेकपा एमालेबाट दुई जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा २ जना वडा सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

एमालेबाट दलित महिला सदस्य पदमा मनोनयन दर्ता गरेकी वडा नम्बर १ की लक्ष्मी दमाई र वडा नम्बर ४ की सावित्री सुनार निर्विरोध निर्वाचित भएकी हुन् ।

दमाई र सुनारको उक्त वडामा एकल उमेद्वार परेको इन्द्रसरोबर २ स्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *