भिजनकारी युवा नेता कंचन अधिकारीले एमालेको तर्फबाट पाचखाल नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता

काठमाडौ ! नेकपा (एमाले)को तर्फबाट पाचखाल नगरपालिकाकाे मेयरमा कंचन अधिकारी र उपमेयरकी उम्मेदवार सुर्यमाया दनुवारले आफ्नो मनोनयन दर्ता गराएका छन्।

उनीहरूले हिजो मुख्य निर्वाचन अधिकारीकाे कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

पाचखालमा जनताको मनमनमा बस्न सफल एमालेका यी उम्मेदवारहरुको मनोनयन दर्ता गर्दा हजारौं जनताको उपस्थिति थियो। सामाजिक काम र राजनितिलाई सगसगै लगेर जनतामा प्रख्यात रहेका उम्मेदवारहरुको भाग्यको फैसला बैशाख ३० गते हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *