सुरु भयो एमालेको विजयी यात्रा : ताप्लेजुङ फक्तालुङ्ग गाउँपालिका वडा अध्यक्ष निर्विरोध निर्वाचित

काठमाडौ । मतदान नभई नेकपा (एमाले) निर्विरोध निर्वाचित हुन थालेको छ ।
सूर्य पूर्वबाट उदाउन सुरु गरेको यसले प्रमाणित गरेको छ ।
नेकपा (एमाले) को तर्फबाट ताप्लेजुङ फक्तालुङ्ग गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्षका उम्मेदवार छेतेन शेर्पा निर्विरोध निर्वाचित हुनुभएको छ ।
तोकिएको निर्धारित समयसम्म छेतेन शेर्पा बाहेक अरु दलबाट उम्मेदवारी दर्ता गर्न अरु नआएपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो ।

तर उक्त आधिकारीक घोषणा भने निर्वाचनका सबै प्रक्रिया सकेपछि मात्र हुनेछ । यही बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।
निर्वाचनका लागि हिजो र आज दुई दिन मनोनयनका लागि निर्वाचन आयोगले समय सीमा तोकेको थियो ।
आज साँझ ५ बजेसम्म अन्तिम समय तोकिएको थियो । तोकिएको समयभित्र वडा अध्यक्षको उम्मेदवारी दर्ता छेतेन शेर्पाले मात्र गराएका कारण उहाँ निर्विरोध हुनुभएको हो ।
अब आयोगले सबै निर्वाचन प्रक्रिया पूरा गरेपछि अरुको मत परिणामसँगै छेतेन शेर्पालाई विजयी घोषणा गर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *