म गठबन्धनभन्दा दोब्बर मत ल्याएर जित्छु, गेम इज ओभर: केशव स्थापि‍त

काठमाडौँ– काठमाडौँको महानगरपालिकाको मेयरमा एमालेबाट उम्मेदवार बनेका केशव स्थापितले मनोनयनपछि सञ्चारकर्मीसँग कुरा गर्दै आफूले गठबन्धनको दोब्बर मत ल्याएर जित्ने बताएका छन्।
उनले भने- ‘गठबन्धनले ४० हजार ल्यायो भने म ८० हजार ल्याउँला, ६० हजार ल्यायो भने १ लाख २० हजार ल्याउँछु।’

उनले आफूले २४ वर्षअगाडि नै ८४ हजार मत ल्याएर जितेको उल्लेख गर्दै अहिले आफ्नो मत बढ्ने दाबी गरे। उनले एमालेका उपमेयर उम्मेदवार सुनिता डंगोल पनि विज्ञ र योजनाकार भएको उल्लेख गरिन्।
एमालेले २४ वर्षअगाडिका मेयर स्थापितलाई मेयर र सञ्चाकर्मी सुनिता डंगोललाई उपमेयरको उम्मेदवार बनाएको छ।

उनले आफू संसारभरि नै लोकप्रिय उम्मेदवारका रुपमा प्रमाणित भइसकेको उल्लेख गर्दै आफूले जित्ने बताए। ‘गेम इज ओभर,’ उनले भने।
गठबन्धनले बढीभन्दा बढी ५८ हजार मत ल्याउने पनि उनले उल्लेख गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *