काठमाडौं! नेकपा एमालेले पोखरा महानगरको मेयर उम्मेदवार परिवर्तन गरेको छ ।
पोखराको मेयरमा प्रस्ताविक दीपक पौडेलको विवादित सीसीटीभी फुटेज बाहिरिएपछि कृष्ण थापालाई टिकट दिइएको छ ।
थापा एमाले कास्की अध्यक्ष अनि प्रदेश सभा सांसद पनि हुनुहुन्छ । उहाँ पोखरेली जनतामाझ अत्यन्त लोकप्रिय पात्रका रुपमा हुनुहुन्छ। उपमेयरमा भने मन्जु गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।